Search for:

वडा कार्यालयकाे पहलमा ‘छैमले ट्यालेण्ट शो सिजन टू’, पुस २४ गते उद्घाटन

काठमाडाैं । दक्षिणकाली नगरपालिका ८ नं वडा कार्यालय र दीपश्री क्रिएटिभ मिडियाको समन्वयमा छैमले ट्यालेण्ट शो सिजन टू यही पुस २४ गतेबाट हुने भएको छ । साेमबार भएको उद्घाटन सत्रमा बोल्दै वडा नं ८ का अध्यक्ष योस कुमार वाइबाले विद्यार्थीहरुको अन्तरनिहित क्षमतालाई प्रस्फुटन गराउने उद्धेश्यका साथ यो ट्यालेण्ट शो आयोजना [...]

मेयर्स फोरमले काठमाडौंको फोहोरकाे जिम्मा संघ सरकारलाई लगायाे

काठमाडौं । मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै [...]

६८ औं प्रहरी दिवसको अवसरमा वृक्षाराेपण कार्यक्रम

दक्षिणकाली । ६८ औं प्रहरी दिवसको अवसरमा ईलाका प्रहरी कार्यालय फर्पिङ र सामुदायिक सेवा केन्द्र फर्पिङको संयुक्त आयोजनामा वृक्षाराेपण गरिएकाे छ। काठमाडाैं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ गोपालेश्वर जंगल भाईरल पुल जाने बाटोको दुबै तर्फ बिभिन्न प्रजातिका (ओखर, अम्बा,असारेफुल, धुपी, कल्की फुल, लाकुरी लगायतका तीन सय बोट बिरुवा राेपन [...]

दक्षिणकालीमा रातको २ बजे बागमती नदीबाट एक व्यक्तिको उद्धार

दक्षिणकाली । सशस्त्र प्रहरी बल नेपालले गए राति २ बजे बागमती नदीबाट एक व्यक्तिको सकुशल उद्धार गरेको छ । काठमाडौँको दक्षिणकाली नगरपालिका-८ कटुवाल दहस्थित बागमती नदी किनारबाट सोही वडाका सिम्पानी राई टोल बस्ने ४० वर्षका रामबहादुर लामाको उद्धार गरिएको हो । पानीको बहाव कम भएको बेला नदी पारी गएका लामा [...]

काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटना

दक्षिणकाली । काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ । दक्षिणकाली मन्दिर दर्शन गर्ने योजना सहित आएका ५ बालबालिका सहित २६ जना सवार गाडी दक्षिणकालीस्थित वडा नं ३ भञ्ज्याङमा आज साँझ दुर्घटनामा परेको हो । घाइतेहरूको नगरपालिकामा रहेको मनमोहन स्मृति सामुदायिक अस्पतालको आकस्मिक कक्षमा उपचार जारी छ [...]

नगरपालिकाले खाेज्याे अनुदानको मल बिक्रेता

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था तथा फर्म वा कम्पनीले अनुदानको मल बिक्रेता बन्न आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेकाे छ । कृषकहरूलाई उपलब्ध गराइने अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि नगरपालिकाले क्रियाशिल दर्तावाला सहकारी संस्था खाेजेकाे हाे । [...]

बाटो बन्यो खहरे खोला (भिडियो)

दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ८ सिमपानी वस्ती जाने बाटो यतिबेला खहरे खोलामा परिणत भएको छ । बाटोबाट खहरे खोला बगेपछि विद्यार्थी लगायत स्थानीयवासीलाई सास्ती भएको छ । यसबाट झण्डै १५० देखि २ सय घर परिवार प्रभावित भएका छन् । वडा नं ८ का प्रमुख योस कुमार वाइबाबाट प्राप्त [...]

यात्रुवाहक सुमो दुर्घटना, चालकको खुट्टामा सामान्य चोट

दक्षिणकाली । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा यात्रुवाहक सुमो दुर्घटनामा परेको छ । काठमाडौं बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडातर्फ जादै गरेको ना १ ज ४७३३ नम्बरको सुपर लालिगुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो । दुर्घटनामा परी सुमो चालकको खुट्टामा सामान्य चोट लागेको स्थानियहरुले जानकारी दिए। सुमोमा सवार ९ [...]

खोलामा खसेका बालकको शव दक्षिणकालीमा भेटियो

दक्षिणकाली। ७ साउनमा काठमाडौंको सामाखुशी खोलामा खसेर बेपत्ता भएका बालकको दक्षिणकालीमा शव भेटिएको छ । सामाखुशी खोलाको बाढीमा बगेका १३ वर्षीय बालक विधान आलेमगर (साजन) को शव ११ दिनपछि भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरी वृत्त कीर्तिपुरको टोलीले दक्षिणकालीमा बागमती नदीको [...]

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः

नासपातीको प्रयोगले स्वास्थ्यमा हुने फाइदाहरूः ➡️यसमा पाईने प्रशस्त फाईवरले कोलेस्ट्रोल घटाउँछ ➡️ क्यालोरी कम र प्रशस्त फाईवरले गर्दा मधुमेहलाई पाचन प्रकृयामा सुधार तथा रोग निरोधक क्षमतालाई बलियो बनाउँछ । ➡️ एन्टि अक्सिडेन्टले क्यान्सर र अन्य दीर्घरोगको सम्भाबनालाई घटाउँछ । ➡️ प्रशस्त मात्रामा भिटामिन K, C, पाईन्छ जसले छालालाई राम्रो गर्छ [...]