Search for:

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्‍याउँछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताउनुभयो । उहाँले [...]

मेयर्स फोरमले काठमाडौंको फोहोरकाे जिम्मा संघ सरकारलाई लगायाे

काठमाडौं । मेयर्स फोरमको छैटौं बैठकले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका लागि पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै [...]

अब फर्पिङ जलविद्युत केन्द्र उर्जा सङ्ग्रहालय बन्ने

दक्षिणकाली । नेपालको पहिलो र एसियाको दोस्रो जलविद्युत् आयोजना फर्पिङ जलविद्युत् केन्द्रलाई उर्जा सङ्ग्रहालयका रुपमा विकास गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले पाँच सय किलोवाट जडित क्षमताको फर्पिङ जलविद्युत्‌लाई उर्जा सङ्ग्रहालय बनाउने भएको हो । यसका लागि प्राधिकरणले केन्द्रलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न एनइए इञ्जिनियरिङ कम्पनीलाई परामर्शदाता नियुक्त गरी गुरुयोजना [...]

दक्षिणकालीले नगर अस्पताल सञ्चालनमा ल्याउने, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले पालिकाकै पहिलो नगर अस्पताल सञ्चालनमा ल्याउने भएकाे छ । केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएउन लागेकाे हाे । नगरपालिकाले साबिक चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)को स्तरोन्नति गरी उक्त पिएचसीलाई नै अस्पताल बनाउन लागेकाे नगरपालिकाले जानकारी दिएकाे छ । नगरकार्यपालिकाको [...]

मेयर बस्नेतद्वारा नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले ७ जना नगर प्रहरी नियुक्त गरेकाे छ । आज कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी नगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक, खुला तर्फ चार नगर प्रहरी जवान र दुई महिला नगर प्रहरी जवान गरी ७ नगर प्रहरीलाई नियुक्ती दिँदै दर्ज्यानी चिन्ह समेत प्रदान गरिएकाे हाे । नगरपालिकाका [...]

मुख्यसचिव अर्याललाई दक्षिणकाली नगरपालिकाद्वारा अभिनन्दन (फाेटाे फिचर)

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नेपाल सरकारका नव नियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई नागरिक अभिनन्दन गरेको छ । आज एक विशेष कार्यक्रमको आयोजना गर्दै पालिकाले संघीय सांसद राजेन्द्र कुमार केसी(राजन)को प्रमुख आतिथ्यमा, बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको विशेष आतिथ्य र नगरपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, [...]