Search for:

बाटो बन्यो खहरे खोला (भिडियो)

दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ८ सिमपानी वस्ती जाने बाटो यतिबेला खहरे खोलामा परिणत भएको छ ।

बाटोबाट खहरे खोला बगेपछि विद्यार्थी लगायत स्थानीयवासीलाई सास्ती भएको छ ।

यसबाट झण्डै १५० देखि २ सय घर परिवार प्रभावित भएका छन् ।

वडा नं ८ का प्रमुख योस कुमार वाइबाबाट प्राप्त भिडियो क्लिप यहाँ सम्प्रेषण गरिएको छ ।

उहाँको अनुसार वडा नं ७ र ८ जोड्ने पुलको आवश्यकता महसुस गरी सो प्रस्ताव नगरपालिकामा अघि राखिएको छ ।

देशको अधिकांश स्थानमा यतिबेला निरन्तर वर्षा भइरहेको छ ।

भिडियो:

Leave A Comment

All fields marked with an asterisk (*) are required