Search for:
  • Home/
  • खबर/
  • काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटना

काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटना

दक्षिणकाली । काठमाडौंबाट दक्षिणकाली आउँदै गरेको यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ ।

दक्षिणकाली मन्दिर दर्शन गर्ने योजना सहित आएका ५ बालबालिका सहित २६ जना सवार गाडी दक्षिणकालीस्थित वडा नं ३ भञ्ज्याङमा आज साँझ दुर्घटनामा परेको हो ।

घाइतेहरूको नगरपालिकामा रहेको मनमोहन स्मृति सामुदायिक अस्पतालको आकस्मिक कक्षमा उपचार जारी छ भने केहीलाई रिफर गरिएको छ ।

सामाजिक सञ्जालमा अस्पताल लगायत संचार माध्यमहरूले पनि गाडी दक्षिणकाली मन्दिर दर्शन गरेर फर्किने क्रममा दुर्घटनामा परेको बताए पनि ईलाका प्रहरी कार्यालय फर्पिङले भने काठमाडौंबाट दक्षिणकाली जाने क्रममा भएको स्पष्ट पारेको छ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required