Search for:
  • Home/
  • खबर/
  • यात्रुवाहक सुमो दुर्घटना, चालकको खुट्टामा सामान्य चोट

यात्रुवाहक सुमो दुर्घटना, चालकको खुट्टामा सामान्य चोट

दक्षिणकाली । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा यात्रुवाहक सुमो दुर्घटनामा परेको छ ।

काठमाडौं बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडातर्फ जादै गरेको ना १ ज ४७३३ नम्बरको सुपर लालिगुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सुमो चालकको खुट्टामा सामान्य चोट लागेको स्थानियहरुले जानकारी दिए। सुमोमा सवार ९ जनाको अवस्था सामान्य रहेको बताइएको छ । सुमोको ब्रेक फेल हुँदा दुर्घटना भएको बताइएको छ ।

 

Leave A Comment

All fields marked with an asterisk (*) are required