Search for:

नगरपालिकाले खाेज्याे अनुदानको मल बिक्रेता

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था तथा फर्म वा कम्पनीले अनुदानको मल बिक्रेता बन्न आवश्यक कागजात सहित निवेदन दिन आग्रह गरेकाे छ ।

कृषकहरूलाई उपलब्ध गराइने अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि नगरपालिकाले क्रियाशिल दर्तावाला सहकारी संस्था खाेजेकाे हाे ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै भनेकाे छ, “नेपाल सरकारबाट स्वीकृत “अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका,२०७७” वमोजिम स्थानीय तहमा अनुदानको रासायनिक मल आपूर्ति तथा विक्री वितरण व्यवस्थापनलाई सहज गर्नका लागि दक्षिणकाली नगर क्षेत्र भित्रका क्रियाशिल दर्तावाला सहकारी संस्था/फर्म वा कम्पनीले यो सूचना प्रकाशित भएको मितिले ७ दिन अर्थात भदाै २ गतेभित्र कार्यालय समयमा तपशिलका कागजात सहित दक्षिणकाली नगरपालिकामा आवेदन दर्ता गर्नुहुन सम्वन्धित सवैमा जानकारी गराईन्छ ।”

साे विषयमा थप जानकारी लिन दक्षिणकाली नगरपालिकाकाे कृषि सेवा केन्द्रमा सम्पर्क गर्न कार्यालयले अनुराेध गरेकाे छ ।

निवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः
क) सहकारी संस्था/फर्म वा कम्पनी दर्ता तथा नविकरण भएको प्रमाणपत्रको प्रतिलिपि

ख) सहकारी संस्थाको हकमा संचालक समितिको वैठकको निर्णय प्रतिलिपि

ग) विगतका दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि

घ) स्थायी लेखा नम्वर दर्ता प्रमाण पत्रको प्रतिलिपि

ङ) सम्वन्धित वडा कार्यालयको सिफारिस पत्र

च) रासायनिक मल विक्री वितरणका लागि नाप तौल गर्ने मेशिन, भण्डारको लागि गोदाम घर लगायत यस कार्यका लागि आवश्यक पूर्वाधारको विवरण ।

छ) रासायनिक मल बिक्री वितरण स्थल भाडामा भए सम्झौताको प्रतिलिपि ।

ज) रासायनिक मल विक्री गर्न चाहेको क्षेत्र ।

Leave A Comment

All fields marked with an asterisk (*) are required