Search for:
  • Home/
  • ब्रेकिङ्/
  • दक्षिणकालीले नगर अस्पताल सञ्चालनमा ल्याउने, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

दक्षिणकालीले नगर अस्पताल सञ्चालनमा ल्याउने, स्वास्थ्यमन्त्रीले उद्घाटन गर्ने

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले पालिकाकै पहिलो नगर अस्पताल सञ्चालनमा ल्याउने भएकाे छ ।

केन्द्र सरकारको ‘एक पालिका एक आधारभूत अस्पताल’ सञ्चालन नीतिअनुसार पालिकाले नगर अस्पताल सञ्चालनमा ल्याएउन लागेकाे हाे ।

नगरपालिकाले साबिक चाल्नाखेल प्राथमिक स्वास्थ्य केन्द्र(पिएचसी)को स्तरोन्नति गरी उक्त पिएचसीलाई नै अस्पताल बनाउन लागेकाे नगरपालिकाले जानकारी दिएकाे छ ।

नगरकार्यपालिकाको नवाैं बैठककाे निर्णयानुसार वडा नं १ को चाल्नाखेलमा नगर अस्पताल सञ्चालनमा ल्याउन लागेकाे बताइएकाे छ ।

हालसम्म पालिकाको आन्तरिक स्रोतबाटै अस्पताल सञ्चालनमा ल्याएको भन्दै अब प्रदेश तथा केन्द्र सरकारसँग आवश्यक जनशक्ति, उपकरण र भौतिक संरचना माग गर्ने अस्पतालका एक कर्मचारीले बताउनुभयाे ।

वुधबार नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले एक सूचना जारी गर्दै नगर अस्पतालकाे उद्भाटनबारे जानकारी दिनुभएकाे हाे ।

सूचनामा भनिएकाे छ, “नगरबासीहरुमा स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच बिस्तारका लागि स्थापना गरिएको यस दक्षिणकाली नगर अस्पताल समुद्घाटन कार्यक्रम नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादर बस्नेतज्यूको प्रमुख आतिथ्यतामा तपसिलको मिति, समय र स्थानमा हुने भएकोले उक्त समारोहमा सहभागि भई दिनुहुन सादर अनुरोध गर्दछु ।”

अस्पतालकाे उद्घाटन यही साउन १३ गते शनिबार हुन लागेकाे हाे ।

समाराेहमा पूर्व जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्यूहरु (सबै), क्याम्पस प्रमुख/प्रधानाध्यापक, टोल विकास संस्थाका अध्यक्ष एवं पदाधिकारी, स्थानीय संघसंस्थाका प्रमुख एवं प्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष एवं प्रतिनिधि ज्यूहरु, स्थानीय स्वास्थ्यकर्मी लगायतलाई निमन्त्रणा गरिएकाे छ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required