Search for:
  • Home/
  • खबर/
  • मेयर बस्नेतद्वारा नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

मेयर बस्नेतद्वारा नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले ७ जना नगर प्रहरी नियुक्त गरेकाे छ । आज कार्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी नगरपालिकाले एक नगर प्रहरी सहायक निरीक्षक, खुला तर्फ चार नगर प्रहरी जवान र दुई महिला नगर प्रहरी जवान गरी ७ नगर प्रहरीलाई नियुक्ती दिँदै दर्ज्यानी चिन्ह समेत प्रदान गरिएकाे हाे ।

नगरपालिकाका मेयर माेहन बस्नेतले नियुक्त भएका नगर प्रहरीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएकाे हाे ।

आज नियुक्त हुने नगर प्रहरी जवानहरूमा दक्षिणकाली वडा नं ८ का नगर प्रहरी सहायक निरीक्षक आशिष पुडासैनी, खुला नगर प्रहरीमा वडा नं ५ का सरोज रम्तेल, वडा नं २ का अजय खत्री, ३ का निशान्त खत्री र १ का सन्जय मगर छन् भने महिला तर्फ वडा न १ की संगिता नगरकोटी र २ की अस्मिता खत्री छन् ।

नव नियुक्त  नगर प्रहरी टाेली । तस्वीरः नगर प्रमुखकाे सचिवालय

खुला प्रतिस्पर्धाबाट छनाेट भएकाे नगर प्रहरीकाे आवेदनकाे नगरपालिकाले गत जेठ ३२ गते ७ सफल उम्मेदवारकाे सूची प्रकाशन गरेकाे थियाे ।

प्रहरी सहायक निरीक्षकमा सुरज विष्टलाई वैकल्पिक उम्मेदवारकाे रूपमा राखिए पनि अन्य तहमा भने माग अनुसारकाे संख्या मात्र सफल भएका थियाे । छनाेट प्रक्रिया साे कारणले केही सहज भएकाे मानिएकाे छ ।

नगर प्रहरी छनाेट उनीहरूकाे शारिरीक तन्दुरुस्ती परिक्षण, लिखित परिक्षा, अन्तर्वार्ता र स्थानीयता बमोजिमका सफल उम्मेदवारहरुको योग्यताक्रम अनुसार कायम गरिएकाे नगरपालिकाले जनाएकाे छ ।

नगर प्रहरी भर्नाकाे लागि पालिकाले नगरपालिका नगर प्रहरी व्यवस्थापन कार्यविधि, २०७८ यसअघि स्वीकृत गरेकाे थियाे । यसअघि पनि नगरपालिकाले नगर प्रहरी भर्ना गर्न खाेजेकाे थियाे तर विभिन्न कारण देखाएर भर्ना प्रक्रिया नै राेकेकाे थियाे ।

नियुक्त सबै नगर प्रहरी जवानलाई हाम्राे पनि शुभकामना…. ।

Leave A Comment

All fields marked with an asterisk (*) are required