Search for:
  • Home/
  • खबर/
  • मुख्यसचिव अर्याललाई दक्षिणकाली नगरपालिकाद्वारा अभिनन्दन (फाेटाे फिचर)

मुख्यसचिव अर्याललाई दक्षिणकाली नगरपालिकाद्वारा अभिनन्दन (फाेटाे फिचर)

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले नेपाल सरकारका नव नियुक्त मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई नागरिक अभिनन्दन गरेको छ ।

आज एक विशेष कार्यक्रमको आयोजना गर्दै पालिकाले संघीय सांसद राजेन्द्र कुमार केसी(राजन)को प्रमुख आतिथ्यमा, बागमती प्रदेशका उद्योग, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनको विशेष आतिथ्य र नगरपालिकामा रहेका विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ संस्था र नागरिक समाजको उपस्थितिमा मुख्य सचिव आर्याललाई अभिनन्दन गरिएको हो ।

काठमाडौंको फर्पिङ, तात्कालिक दक्षिणकाली गाउँ पंचायतमा जन्मिनुभएका अर्याल सम्पूर्ण नगरवासीले गर्व गर्नुपर्ने निजामती सेवाकै सर्वोच्च पदमा पुग्न सफल हुनुभएकोले विशेष सम्मान कार्यक्रमको आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

वि.स २०४६ सालमा नायब सुब्बाको परीक्षा उत्तीर्ण गरी निजामती सेवा प्रवेश गर्नुभएका आर्याल अवकाश पाउनु केही दिन अघि मात्रै मुख्य सचिव नियुक्त हुनुभएको हो ।
अर्याल हाल सरकारका ७२ सचिवमध्ये सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्थ्यो। उहाँ २०४९ सालमा शाखा अधिकृत बन्नुभएको हो ।

त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नात्तकोत्तर गर्नुभएका अर्याल नर्वेबाट अर्थशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । कार्यक्रममा प्रतिनिधिसभा सदस्य सांसद केसीले मुख्यसचिव डा.आर्यालको कार्यकुशलताको खुलेर प्रशंसा गर्नुभयो ।

अभिनन्दन कार्यक्रमका केही तस्वीरः

१. मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई खादा लगाइदिने क्रममा नगर उप-प्रमुख बसन्ती डंगाेल तामाङ

२. नगर प्रवक्ता तथा वडा नं ९ का अध्यक्ष अम्रिका बलामी

३. महालेखापरीक्षककाे कार्यालयका निर्देशक एवं सुचना अधिकारी रमेश सुवेदी

४. वडा नं ६ का अध्यक्ष सैलेश मानन्धर

५. वडा नं ८ का अध्यक्ष याेस कुमार वाइबा

६. वडा नं ५ का अध्यक्ष श्याम खत्री

७. दक्षिणकाली नगरपालिकाकाे प्रमुख कार्यकारी अधिकृत मधु खनाद अर्याल

८. मुख्य सचिव डा. बैकुण्ठ अर्याल कार्यक्रमलाई सम्बाेधन गर्दै

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्वीरः नगरपालिकाकाे सचिवालय

Leave A Comment

All fields marked with an asterisk (*) are required