Search for:
  • Home/
  • समाचार/
  • सञ्जिव महर्जनकाे अध्यक्षतामा युवा संघ दक्षिणकालीकाे २१ सदस्यीय कमिटी गठन

सञ्जिव महर्जनकाे अध्यक्षतामा युवा संघ दक्षिणकालीकाे २१ सदस्यीय कमिटी गठन

दक्षिणकाली । राष्ट्रिय युवा संघ नेपाल दक्षिणकाली नगर कमिटीको तेस्रो अधिवेशनबाट सञ्जिव महर्जन अध्यक्षमा चयन हुनुभएकाे छ ।

युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको प्रमुख आतिथ्यतामा सम्पन्न दक्षिणकाली अधिवेशनबाट उपाध्यक्षमा अजय श्रेष्ठ, सचिवमा दशरथ लामा, सह सचिवमा रोशन अधिकारी र बालकृष्ण महर्जन एवम् कोषाध्यक्षमा पुनु तामाङ चयन भएका छन् । याे सँगै नगर कमिटी २१ सदस्यीय बनेकाे छ ।

कार्यक्रममा संघका केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पालिका इन्चार्ज सुरेन्द्र मानन्धर, जिल्ला सदस्यहरु श्रीराम आचार्य, हिमेश केसी, संघका केन्द्रीय कमिटी सदस्यहरु प्रगती थापा, राजु तिवारी, पार्टीका नगर अध्यक्ष राम लो लगायतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे ।

Leave A Comment

All fields marked with an asterisk (*) are required