Search for:

घर नक्सा अभिलेखीकरण स्थगित

दक्षिणकाली । दक्षिणकाली नगरपालिकाले आफैँले गरेकाे निर्णय हाललाई फिर्ता लिएकाे छ ।
साउन १७ गते बसेकाे कार्यपालिका बैठकको निर्णयले घर तथा अन्य संरचनाहरुको, अभिलेखीकरण सम्बन्धि काम हाललाई स्थगित गरेकाे नगरपालिकाले जनाएकाे हाे ।
यस अघि कार्यपालिकाकै बैठकले पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० पास गरेर साे प्रक्रिया अघि बढाउने निर्णय गरेकाे थियाे ।  नगरवासी र राजनीतिक दलहरूबाट समेत गुनासाे आउन थालेपछी नगरपालिकाले हाललाई उक्त प्रक्रिया अघि नबढाउने निर्णय गरेकाे हाे ।
नगरपालिकाबाट गत साउन ६ मा सूचना प्रकाशन गरेर घर नक्सा पास सम्बन्धि प्रक्रियामा नआएका, संशोधन अनुमति नलिई संरचनामा हेरफेर भएका तथा भवन संहिता लागू हुनु पूर्व नै निर्माण भएका भवनहरुलाई नियमन गर्न दक्षिणकाली नगरपालिकाको पूर्व निर्मित भवन नियमित तथा अभिलेखीकरण कार्यविधि, २०८० बमोजिम नगरपालिकामा निर्माण भएका घर तथा अन्य संरचनाहरुको मिति साउन ८ देखि लागू हुने गरि मिति भदाै १० सम्म नगरपालिका क्षेत्रभित्र निर्माण भएका घर तथा अन्य संरचनाहरुको अभिलेखीकरणकाे काम अघि बढाउन भनेकाे थियाे ।
तर गत साउन १७ गते आ.व. २०८०/८१ को दोस्रो कार्यपालिका बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि हाललाई यि सबै प्रक्रिया स्थगित गरिएको नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले सूचना मार्फत जानकारी दिनुभयाे ।

Leave A Comment

All fields marked with an asterisk (*) are required