Search for:
  • Home/
  • आर्थिक विकास/
  • धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवा

धान तथा तरकारी बालीमा राेगका लक्षण देखिए लिनुहाेस् निःशुल्क परामर्श सेवा

दक्षिणकाली । कृषकहरुले लगाएको “धान तथा तरकारी बालीहरुमा” विभिन्न राेगका लक्षण देखिन थालेसँगै दक्षिणकाली नगरपालिका भित्र वसोवास गर्ने कृषकहरूकाे लागि निःशुल्क परामर्श सेवा सुरू गरेका छन् । कृषि सेवा केन्द्रले राेगका लक्षण देखिएमा तुरून्तसम्पर्क गरी रोकथामका लागि सेवा लिन सबैमा आग्रह गरेकाे छ ।
के-के छन् धान बालीमा लाग्ने मुख्य-मुख्य रोगका लक्षणहरु ?
-पातको दुवै छेउतिर चुच्चो परी अण्डाकार थोप्लाहरु देखिएमा ।
-पातमा तिलको दाना आकारका खैरा थोप्लाहरु निस्किएमा ।
-पातको फेद/ डाँठमा अण्डाकार खैरो-खैरो हरियो रङका थोप्लाहरु देखिएमा ।
-माथिल्लो पातको फेदमा लाम्चो परेको तथा वेआकारका खैरो रङका थोप्लाहरु देखिएमा ।
-संक्रमित भाग परालको जस्तो खैरो रङ देखिएमा ।
-पातको मसिना नशाबीच पहेलो देखिएमा वा वोट होचो भएको देखिएमा, गाँज कम लागेको देखिएमा ।
माथिका लक्षणहरु बाहेक अन्य लक्षण देखिएमा सिधा सम्पर्क गर्न पनि अनुराेध गरिएकाे छ ।
सम्पर्क व्यक्ति:
१. पविता राई (९८६०५६९८१०)
२. उत्तम श्रेष्ठ (९८४५९८७३३५)
३. धनञ्जय शर्मा (९८५८०८३०२२)
४. यमुना बस्नेत (९८४१८१७२०२)

Leave A Comment

All fields marked with an asterisk (*) are required