Search for:
  • Home/
  • सामाजिक विकास/
  • आँखा पाक्ने रोग अर्थात्‌ भाइरल कन्जंक्टिभाइटिसबारे महत्वपूर्ण जानकारी !

आँखा पाक्ने रोग अर्थात्‌ भाइरल कन्जंक्टिभाइटिसबारे महत्वपूर्ण जानकारी !

हाल नेपालका विभिन्न जिल्लाहरुमा भाइरल कन्जंक्टिभाइटिस अर्थात्‌ आँखा पाक्ने समस्या देखिएकोले सर्तक रहौँ।
लक्षणहरु:
० आँखा रातो हुने र चिलाउने
० आँखाबाट आँसु बगिरहने वा कचेरा/चिप्रा लाग्ने
० आँखाको ढकनी रातो हुने, सुन्निने
० आँखा बिझाउने/दुख्ने
० घाममा वा उज्यालोमा हेर्न गाह्रो हुने
रोकथामका उपायहरु:
भाइरल कन्जंक्टिभाइटिस (आँखा पाक्ने रोग) सजिलै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । त्यसैले रोकथामका निम्न उपायहरु अपनाएर आँखा पाक्ने रोगबाट बचौँ।
० संक्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने र संक्रमित व्यक्ति भिडभाडमा नजाने
० संक्रमित व्यक्तिले प्रयोग गरेका सामान जस्तै टावेल, रुमाल, सिरानी, तन्ना प्रयोग नगर्ने
० जथाभावी आँखा नछुने। आँखा छुनु परेमा छुनु अघि वा छोइसके पछि साबुन पानीले मिचिमिचि राम्रोसँग हात धुने
० व्यक्तिगत सरसफाइमा ध्यान दिने ।
भाइरल कन्जंक्टिभाइटिस भइहाले अत्तिनु पर्दैन । यो रोग १ देखि २ हप्तामा आफैँ निको हुन्छ ।
स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधी प्रयोग नगरौँ ।
नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र

Leave A Comment

All fields marked with an asterisk (*) are required