Search for:
  • Home/
  • अन्य/
  • संचारकर्मी लामिछानेको टिप्पणीः प्रमुख प्रशासकीय अधिकृतप्रति अपमान, मेयर र उप-मेयर निरिह

संचारकर्मी लामिछानेको टिप्पणीः प्रमुख प्रशासकीय अधिकृतप्रति अपमान, मेयर र उप-मेयर निरिह

दक्षिणकाली । दक्षिणकालीमा उद्घाटन भएको नगर अस्पतालको कार्यक्रम संचालनको विषयलाई लिएर संचारकर्मी एवं उद्घोषण प्रशिक्षक दिपक लामिछानेले सामाजिक संजालमा कडा टिप्पणी दिएका छन् ।

कार्यक्रम उद्घोषणको विषयलाई लिएर उहाँले फेसबुकमा आफ्नो अभिव्यक्ति दिनुभएको हो ।

उहाँको अभिव्यक्ति जस्ताको त्यस्तै यहाँ राखिएको छ ।

➡️दिपक लामिछाने । म लामो समयदेखि सञ्चारमाध्यम र उद्घोषकका रुपमा विभिन्न कार्यक्रम संचालन गर्दै काम गरिरहदा आफ्नो अनुभवले केही कुरा व्यक्त गर्दैछु ।
मलाई कसै प्रति प्रतिशोत र कसै प्रति पक्ष लिनु पर्ने छैन ।

आज दक्षिणकाली नगरपालिकाले नगर अस्पतालको उद्घोटन गर्यो । बधाई छ अस्पतालले कस्तो सेवा दिन्छ त्यो हेर्न बाँकि नै छ । अहिलेलाई भने शुभकामना व्यक्त गर्दछु ।

केहि महिना अगाडि दक्षिणकाली नगरपालिकाले अभिनन्दन कार्यक्रम संचालन भव्यताको साथ सम्पन्न गर्यो । आज पनि नगर अस्पताल उद्घाटन भव्यताको साथ उद्घाटन गर्यो । मेरो क्षेत्र (उद्घोषक) केहि दिन अगाडी र आजको कार्यक्रमको कार्यक्रम तालिका प्रस्तुतीकरण देख्दा आफैलाई लक्षित महसुस भयो ।

मैले दुई कार्यक्रम नजिकबाट पुरै हेरे, देखे । न कार्यक्रम तालिकाको मर्यादाक्रम मिलेको छ । न व्यक्तिको स्थान र पद अनुसार आसनग्रहण ।

अझ दुखको कुरा त दुई दिनकै कार्यक्रममा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतज्यू प्रति गरिएको अपमान निक्कै दयादायी महसुस गरे । एउटा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको हैसियतलाइ हामी जस्तो केही शिक्षाको क्षेत्रमा रहेका व्यक्तिले अपमानित भएर हेर्न सकिन ।

टिका लगाएर आएका कर्मचारीको फुर्ति र आफ्नो दक्षता, शिक्षा र इमान्दारीताले पाएको पदको अपमानले मलाई निक्कै भावुक बनायो ।

हुन त उहाँ मेरो कोही हुनुहुन्न तर पदको अपमान गर्ने अधिकार जो कसैलाई पनि हुन्न । जो जसले कार्यक्रम तालिका बनाउनु भएता पनि यसको जिम्वेवारी मेयर र उपमेयरले लिनुपर्छ । कार्यक्रम भित्र एउटा गरिमा बोकेको हुन्छ । कसैले टिका लगाएर त्यो पदमा पुर्याएको हुँदैन ।

अझ हाम्रो नगरपालिकामा केहि कर्मचारिलाई हैसियद र पद भन्दा माथि राखेर हिडेको देखिन्छ । कर्मचारी भित्र फरक फरक धार देखिन्छ । आफ्नो अधिकार अनुरुप काम गर्ने अधिकार बन्चित गरेको देखिन्छ । जनप्रतिनिधीहरु मौन बसेर आफ्नो क्षमतालाई खेर फालिरहेका छन् ।

केहि महिना देखी नगरपालिकामा चुनाव आउन लाग्यो कि जस्तो भान हुन थालेको छ ।

यो प्रवृतिले नगरपालिका अझ पछाडी धेकेलिने आजको उद्घाटन कार्यक्रम बाट प्रस्ट देखिएको छ । यसरी विचार फरक भए, महत्वपूर्ण कार्यक्रममा सबैको सहकार्य आवश्यक नरहने भए, सबैको विचारलाई समेट्न नसके, कर्मचारी व्यवस्थापन गर्न नसके, पार्टि कार्यकर्ता मात्र पुजिन थालिए, पद र कामको सहि मुल्याङ्कन गर्न नसके यहाको नागरिकले अझै सम्वृद्धि र सुशासनको प्रत्याभूत गर्न पाउने छैनन् ।
(उक्त ब्लग लेखकमा निहित छ)

Leave A Comment

All fields marked with an asterisk (*) are required