Search for:
  • Home/
  • खबर/
  • एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

एसईईमा सर्वाेत्कृष्ट नतिजा ल्याउनेलाई दक्षिणकालीकाे निःशुल्क बस सेवा !

दक्षिणकाली । काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई)मा दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई उच्च शिक्षा अध्ययन अर्थात ११ र १२ कक्षा अध्ययन गर्न दुई वर्षसम्म क्याम्पस आउन जानकाे लागि निःशुल्क बस सेवा प्रदान गरेकाे छ ।

आयुशा अर्याल

उक्त विशेष निःशुल्क बस सेवा पाउने विद्यार्थी हुनुहुन्छ आयुशा अर्याल । अर्यालले हालै प्रकाशित २०७९ सालकाे माध्यमिक शिक्षा परीक्षा(एसईई) काे रिजल्टमा ३.९५ जिपिए ल्याउन सफल हुनुभयाे ।

२०७९ सालकाे एसईई परीक्षामा उहाँ दक्षिणकाली नगरपालिकाकै सर्वाेत्कृष्ट विद्यार्थी बन्न सफल हुनुभएकाे हाे ।

उहाँकाे बुवा विष्णु अर्यालले उक्त कार्यप्रति खुशी व्यक्त गर्दै सामाजिक सञ्जाल मार्फत बस सेवा समितिलाई धन्यवाद दिनुभएकाे छ ।

अर्यालले लेख्नुभएकाे छ, ‘ हार्दिक बधाई छ श्री काठमाडाैं, दक्षिणकाली, कुलेखानी हेटाैँडा यातायात प्रा. लि.ले २०७९ सालकाे see परीक्षामा नगरपालिका मै उत्कृष्ट नं ल्याउन सफल विद्यार्थीलाई दुई बर्षसम्म कलेज आउन जानका लागि निःसुल्क बस सेवा प्रदान गरिदिनुभएकाेमा हार्दिक धन्यवाद दिन चाहान्छाैं ।

उक्त कार्यमा पुर्णरुपले सहयाेग गरिदिनुहुने दक्षिणकाली नगरपालिका वडा नं ८ का वडा अध्यक्ष याेश कुमार वाइबा लाई विशेष धन्यवाद ।”

बससेवा समितिले शिक्षा प्रति देखाएकाे माया र विद्यार्थीहरुलाई हाैसला दिएकाे प्रति उहाँले खुशी व्यक्त गर्नुभयाे ।

Leave A Comment

All fields marked with an asterisk (*) are required