Search for:
  • Home/
  • खबर/
  • एमाले दक्षिणकालीद्वारा कार्यकर्ताहरूलाई प्रशिक्षण

एमाले दक्षिणकालीद्वारा कार्यकर्ताहरूलाई प्रशिक्षण

दक्षिणकाली । नेकपा एमाले दक्षिणकाली नगर कमिटीले ४५औं पुष्पलाल स्मृति दिवसकाे अवसरमा कार्यकर्ताहरूलाई प्रशिक्षण दिएकाे छ ।

शनिबार फर्पिङकाे बज्र हलमा एमाले दक्षिणकालीले पार्टीकाे केन्द्रिय नेताहरूकाे उपस्थितिमा प्रशिक्षण कार्यक्रमकाे आयाेजना गरेकाे हाे ।

पार्टीका उप-महासचिव बिष्णु रिमाल कार्यक्रमकाे प्रमुख अतिथि साथै मुख्य प्रशिक्षककाे रूपमा सामेल हुनुभएकाे थियाे ।

साथै, वक्ताकाे रूपमा पार्टीकाे काठमाडाैं जिल्ला इन्चार्ज आन्नद पाेेखरेल, काठमाडौं जिल्ला अध्यक्ष दिपक निराैला र केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरले प्रशिक्षण दिएका थिए ।

एमाले दक्षिणकालीका पदाधिकारी तथा नेताहरूले कम्युनिस्ट आन्दाेलन, पछिल्लाे राजनीतिक घटनाक्रम, स्थानीय तहमा आफ्नाे पार्टाीकाे उपस्थिति र पार्टीकाे पछिल्लाे गतिविधिबारे चर्चा गरेका थिए ।

एमालेकाे मिसन ग्रास रूटपछि एमाले दक्षिणकाली नगर कमिटीले गरेकाे याे प्रशिक्षण कार्यक्रमले नेता, कार्यकर्तामा पार्टी काममा नयाँ उत्साह थप्ने विश्वास लिएकाे नेताहरूकाे भनाइ छ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required