Search for:

मकै बाली फाँडेर वृक्षाराेपण, किसान भन्छन्: सिमा रेखाङ्कन नगरी समितिले हतार गर्याे !

साउन १२, दक्षिणकाली । दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिले आफ्नाे समितिकाे स्वामित्वमा रहेकाे ५६ हेक्टर क्षेत्र भित्र पर्ने धार्मिक वन अन्तर्गत वडा नं ८ काे एक क्षेत्रमा वृक्षाराेपण गरेकाे छ ।

जमिन अतिक्रमण गरेर मकै छरेको भन्दै गत असार २९ गते क्षेत्र विकास समितिकाे टाेलीले मकै बाली फाँड्नुकाे साथै अनुमति विना बाटाे बनाएकाे भन्दै साे कार्य बन्द गरेकाे थियाे ।

उक्त स्थानमा बिहिबार दक्षिणकाली धार्मिक तथा सांस्कृतिक क्षेत्र विकास समितिकाे व्यवस्थापन समितीको अध्यक्ष तथा वडा नं ६ का वडा अध्यक्ष शैलेसमान मानन्धरकाे नेतृत्वमा नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल, बोर्ड सदस्य, प्रहरी र कर्मचारी लगायतकाे टाेलीले वृक्षारोपण गरेकाे हाे ।

वडा नं ८ काे कार्यालयले भने जग्गा क्षेत्र विकास समितिकाे भए पनि उक्त क्षेत्र वडा नं ८ काे भूगाेल भएकाेले मकै बाली फाँड्ने बेला हाेस् या वृक्षाराेपण गर्ने समयमा कुनै सहकार्य नगरेकाे जनाएकाे छ । उक्त वडाका अध्यक्ष समेत रहनुभएका याेश कुमार वाइबासँग यसबारे प्रश्न गर्दा क्षेत्र विकास समितिकाे पछिल्लाे गतिविधिबारे आफू बेखबर रहेकाे र कुनै पनि सहकार्य नभएकाे बताउनु भएकाे छ । “मकै बाली फाँडेर वृक्षाराेपण गरिसक्दा पनि मकै राेपेका स्थानीयले क्षेतिपुर्ती नपाएकाे भन्दै मसआग गुनासाे पाेखेका छन्”, वडा नं ८ का अध्यक्षले गुनासाे गर्नुभयाे ।

दिनेश चापागाईं फेसबुकमा लेख्नुहुन्छ, “दक्षिणकाली क्षेत्र बिकास समितिले यो क्षेत्र ओगट्ने मात्र होइन पुरै छैमलेको बिकासमा साझेदार बन्न सक्नुपर्छ । दक्षिणकाली पहिरो, बनमा बत्ती अनि सल्लेनी भम्भु डाडा झोलुंगे पुलको निर्माणमा सहयोग पुराओस्।”

बाली नष्ट गरेकाे विषय पुनः चर्चामा

यसअघि मकै बाली नष्ट गरिएकाे विषय पुनः चर्चामा आएकाे छ ।

क्षेत्र विकास समितिद्वारा असार २९ मा जमिन अतिक्रमण गरेर मकै छरेको भन्दै बाली नष्ट

दिपेश बलामी फेसबुकमा विराेध गर्दै लेख्नुहुन्छ, “पुर्खादेखि गरिएको बालीनाली जंगलसँगै छ भन्दैमा यसरी बालीनाली तहस-नहस गर्ने अधिकार छैन । सुचना झिकेर जङ्गल ननापि कन ब्यक्ति हेरेर एक ब्यक्तिको मात्र यस्तो गर्ने अधिकार छैन।तिमीहरुकै पालोमा भएको अतिक्रमण गरेको चै त्यो ब्यक्तिगत होला हैन अनि तिमीहरू जन्मेका थिएनाै होला यस ठाउँमा बालीहरू गरिरहँदा । जंगल नापेर नियम अनुसार गर्न पर्ने काम। हावामा कुरा सुनेर बाली नै तहस-नहस गर्ने ।”

उमेश बलामी भन्नुहुन्छ, “देश मा कृषि क्रान्ती यही हो त ? यस बिकास समितिको ५६ हेक्टर क्षेत्र भित्र सिमा रेखाङ्कन गर्नु भएको हो त ? अनि बनेको घर्, टहरा, फ्याँगे डाँडामा बन मासेर ग्राउण्ड बनौनु भो, रुख बेचेर, माटाे बेचेर, रत्न सोपन गते माथि अबैध रुप्मा बाटो बनौनु भएको, रुख काटेर बेचेको हिसाब मिलौनु होस्, सबै रेखाङ्कन गर्नुस् । राम्रो काम लाई शुभकामना I

यस्तै अशाेक बलामीले यसरी सामाजिक सञ्जाल मार्फत गुनासाे पाेख्नुभएकाे छः
“यो काम कुनै हालतमा सहि भएन किसान मारमा पर्याे अझैपनी बिकास समिती नाक ठूलो बनाएर काम गरेको देखाउन चाहन्छ जुनै पनि कम्म सहि ढंगले हुन पर्छ सबैलाई न्यायोचित तरिकाले काम गर्न पर्छ अलिकति पनि मनमा हरि भको भए अलि सजक तरिकाले काम हुन्थ्यो होला । समिती भित्र पर्ने सम्पुर्ण जमिन नाप जाँच भएर किला ठोकेर पछि मात्र भको हो त यो काम । अन्य ठाउँमा चाहिँ कफि हाउस बनाउन मिल्ने रे किसानको मुखमा आइसकेको अन्न काटेर अहिले वृक्षारोपण गर्ने भनेर फुर्ती लगाउन अलिकती पनि लाज लाग्दैन र समितिका सदस्यज्युहरूलाई के यो सबैलाई जस्तै नियम सङ्गत भको छ त ? कदापी छैन ।

यसबारे वडा नं ८ का स्थानीयवासी र क्षेत्र विकास समितिबीच तर्क वितर्क उत्कर्षमा पुगेकाे छ ।

क्षेत्र विकास समितिले भने धार्मिक वनमा अतिक्रमण बढेकाेले त्यसकाे नियन्त्रण गरेकाे जनाएकाे छ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required