Search for:
  • Home/
  • सूचनापाटी/
  • भूक्तानी वन्द हुने सम्बन्धि नगरपालिकाकाे सूचना !

भूक्तानी वन्द हुने सम्बन्धि नगरपालिकाकाे सूचना !

दक्षिणकाली खबर । दक्षिणकाली नगरपालिकाले सवै प्रकारका भूक्तानी वन्द हुने जनाएकाे छ ।
कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यही असार १८ गते सम्ममा भूक्तानीको लागी सम्पूर्ण आवश्यक कागजातहरु पेश गर्न अनुराेध गरेकाे छ । नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत मधु अर्याल खनालद्वारा जारी सूचनामा भनिएकाे छ, “आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३०(१) वमोजिम सवै प्रकारका भूक्तानीहरु आर्थिक वर्ष समाप्त हुनुभन्दा एक हप्ता अगावै भूक्तानी दिइ नियमानुसार खर्च अध्यावधिक गरी भूक्तानी निकासा वन्द गर्नुपर्ने व्यवस्था भएको हुँदा कार्यालयबाट आ.व. २०७९/८० को भूक्तानी लिन बाँकी सम्वन्धित कर्मचारी, उपभोक्ता समिति, टोल विकास संस्था, निर्माण व्यवसायी, आपूर्तीकर्ता र अन्य संघ संस्थाहरु सबैले मिति २०८०/०३/१८ गते सम्ममा सम्पूर्ण आवश्यक कागजातहरु भूक्तानीको लागी पेश गर्नुहुन अनुरोध छ”।
बर्षको अन्त्यमा सुत्र सफ्टवेयर ह्याङ्ग भई समयमा कार्य नहुने भएको देखिदा तोकिएको समय भित्र कार्यालयमा भूक्तानीको लागि पेशनभएमा भूक्तानी हुन नसक्ने साथै अर्को वर्षमा भूक्तानी वाकी कच्चावारीमा समेत सार्न नसकिने नगरपालिकाले जनाएकाे छ ।
सूचना हेर्नुहाेस्ः 

Leave A Comment

All fields marked with an asterisk (*) are required