Search for:
  • Home/
  • सूचनापाटी/
  • नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक चलाउनेलाई कारबाही हुन्छः प्रमुख अर्याल

नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक चलाउनेलाई कारबाही हुन्छः प्रमुख अर्याल

दक्षिणकाली  खबर । दक्षिणकाली नगरपालिकाले अनधिकृत रुपमा नगरपालिकाको नाम प्रयोग गरि नक्कली फेसबुक पेज / खाता बनाई भ्रामक जानकारी तथा सूचना पोष्ट भईरहेको सम्बन्धमा कार्यालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

नगरपालिकाको आधिकारिक फेसबुक पेज “हेलो दक्षिणकाली नगरपालिका मात्र सञ्चालनमा रहेको भन्दै अनधिकृत रुपमा  नक्कली फेसबुक पेज बनाएर नगरपालिका कै भ्रामक सूचना सम्प्रेषण गरेकाे भन्दै सञ्चालन भएकाे नक्कली फेसबुक पेज/खाता ३ दिन भित्र बन्द गर्न अनुराेध गरिएकाे नगरपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत मधु अर्याल खनालले बताउनुभयाे ।

अनधिकृत रुपमा नगरपालिकाको नाम प्रयोग गरि फेसबुक पेज/खाता सृजना गरी भ्रामक जानकारी पोष्ट गर्ने/गराउनेलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही हुने नगरपालिकाले जनाएकाे छ । ३ दिन भित्र अनधिकृत फेसबुक पेज बन्द नगरिए  नियमानुसार कारबाही प्रक्रिया अघि बढाउन बाध्य हुने प्रमुख प्रशासकीय अधिकृत अर्यालकाे भनाइ छ ।

सूचना हेर्नुहाेस्ः 

 

Leave A Comment

All fields marked with an asterisk (*) are required