Search for:
  • Home/
  • खबर/
  • यात्रुवाहक बस दुर्घटनाबाट जोगियो

यात्रुवाहक बस दुर्घटनाबाट जोगियो

दक्षिणकाली । दक्षिणकाली नगरपालिका वडा नं ५ स्थित ट्राफिक कार्यालय नजिक बस दुर्घटना हुनबाट जोगिएको छ ।
काठमाडौं-दक्षिणकाली-कुलेखानी-हेटौंडा यातायात प्रा.लिको दक्षिणकालीतर्फ आउँदै गरेको बा ५ ख ८८७९ नम्बरको यात्रु बोकेको बस आज बिहान दुर्घटना हुनबाट बचेको हो ।
विपरीत दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिन लाग्दा बस सडक लेन पार गरेर सडक छेउको डिलमा अड्किएको हो । यात्रुहरू सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required