Search for:
  • Home/
  • खबर/
  • शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः मेयर बस्नेत

शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौंः मेयर बस्नेत

काठमाडाैं । दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतले अबको शिक्षा प्रविधिमैत्री रहेकोले विद्यार्थीहरुले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभएकाे छ ।

विषयगत समिति मार्फत शैक्षिक क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै विभिन्न कार्यक्रम अघि सारेको मेयर बस्नेतले बताउनुभयाे ।

साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा उत्तिर्ण छात्र छात्रा सम्मान कार्यक्रममा मेयर बस्नेतले  यस्ताे बताउनुभएकाे हाे ।

सल्लाघारी बाराहिडोलस्थित सामुदायिक भवनमा शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको थियाे

Leave A Comment

All fields marked with an asterisk (*) are required