Search for:
  • Home/
  • खबर/
  • हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का

हरेक कुराको सफलता व्यवस्थापन: बैंकर खड्का

काठमाडाैं ।  सिद्धार्थ बैंक लिमिटेड, फर्पिङ शाखाका प्रमुख उज्जवल खड्का क्षेत्रीले हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभएकाे छ ।

साहस नेपालले गरेकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)२०७९ मा उत्तिर्ण छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रममा प्रमुख खड्काले यस्ताे बताउनुभएकाे हाे ।

शनिबार आयोजित कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नं ४ बाट सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १५ जना छात्रछात्रालाई सम्मान तथा करियर काउन्सिलिङ कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यार्थीहरुसँग ‘एसईई पछि के’ भन्ने उद्देश्यले आयोजित करियर काउन्सिलिङ कार्यक्रममा प्रमुख खड्काले विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्नुभभएकाे थियाे । एसईईपछिको शैक्षिक भविष्यबारे गम्भीर हुनको लागि विद्यार्थीहरुलाई प्रेरणा दिइएको थियो ।

उहाँले विद्यार्थीहरुलाई अहिलेदेखि नै मेहनत गरे जीवनमा सक्षम र सफल हुन सकिने भन्दै हरेक कुराको सफलता व्यवस्थापनमा अडिएको बताउनुभएकाे हाे ।

पारिवारिक दबाब भन्दा पनि आफ्नो क्षमता र आफ्नो इच्छा अनुसारको विषय छनोट गर्न उहाँले सुझाव दिनुभयो ।

Leave A Comment

All fields marked with an asterisk (*) are required