Search for:
  • Home/
  • ब्रेकिङ्/
  • शहिद मान बहादुर स्मृति कप फाइनलः वडा नं १ र ८ टिम आमने सामने, प्रीति राई आउने

शहिद मान बहादुर स्मृति कप फाइनलः वडा नं १ र ८ टिम आमने सामने, प्रीति राई आउने

काठमाडौं । शहिद मान बहादुर स्मृति कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज वडा नं १ टिम र वडा नं ८ टिम भिड्दैछन् ।

उक्त खेल फर्पिङ खेलकुद मैदानमा दिउँसो १ः४५  बजेबाट फाइनल सुरू हुनेछ । सेमिफाइनलमा वडा नं १ ले वडा नं ६ लाई र वडा नं ८ ले वडा नं ५  लाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए ।

सोमबार दुवै टिमको उपस्थितिमा आयोजकले प्रि-सक्सेस सेलेब्रेसन मार्फत फाइन खेलको सम्पूर्ण तयारी पूरा भएको सन्देश दिएको छ भने दुवै टिमका खेलाडी उपाधी चुम्न आ-आफ्नो तयारीमा छन् ।

शहिद मान बहादुर स्मृति प्रतिष्ठानको आयोजना र दक्षिणकाली नगरपालिकाको सहकार्यमा आयोजित यो फुटबल प्रतियोगिताको विजेताले १ लाख ५१ हजार एक सय ११ र उपविजेताले ७५ हजार एक सय ११  नगदसहित ट्रफी, प्रमाणपत्र र मेडल प्रदान गरिने  प्रतियोगिताका संयोजक सुमन तामाङले जानकारी दिनुभयो ।

सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडी र टिमलाई फेयर प्ले अवार्ड   लाई ट्रफी, प्रमाण पत्र लगायतले सम्मान गरिने छ ।  फाइनल खेलमा चर्चित महिला फुटबल खेलाडी प्रीति राई विशेष अतिथिको रुपमा आउनुहुनेछ । प्रमुख अतिथिको रूपमा प्रतिनिधि सभाका सदस्य सांसद लेखनाथ दाहाल(राजन) रहनुहुनेछ । फाइनल खेलअघि केही सांगितिक प्रस्तुती रहनेछ ।

प्रतियोगितामा नगरपालिकाका वडा नं ३ बाहेक ८ वटा वडाका ८  टोलीले सहभागिता जनाएका थिए । फाइनल खेल खेलको प्रत्यक्ष प्रशारणको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । प्रत्यक्ष प्रशारण खेल दृश्य, दिप श्री क्रियटिम मिडिया,नयाँ सञ्चार डट कम र दक्षिणकाली खबरबाट प्रत्यक्ष प्रशारण हुनेछ ।

Leave A Comment

All fields marked with an asterisk (*) are required